राष्ट्रिय नियमिन खोप कार्यक्रम - लेखक (बिनम राज श्रेष्ठ)

राष्ट्रिय नियमिन खोप कार्यक्रममा १२ ओटा खोप रहेको छ।

बि सी जी खोप जन्मिनासाथ ०.०५ ml एक डोज दया पाखुराको माथिलो भागमा छाला भित्र क्षेय्रोग विरुद्ध लगाइन्छ। खोप लाउन छुटेका १२ महिना देखि २३ महिना भएका बालबालिका एक डोज ०.१ ml र २४ - ५९ महिनामा भएका बलबालिका एक डोज ०.१ ml  पनि लगाउन मिल्छ

रोटा भाइरस खोप दुइ डोज ६ र १० हप्ताको अन्तरालमा मुखमा दुइ थोपा रोटा भाइरसबाट हुने झाडा पखाला विरुद्ध लगाइन्छ खोप लाउन छुटेका १२ महिना देखि २३ महिना भएका बालबालिका  थोपा ४ हप्ताको अन्तरलमा लगाउन मिल्छ।

पोलियो खोपतिन डोज ६, १० र १४ हप्ताको अन्तरालमा मुखमा दुइ थोपा पोलियो भाइरसबाट हुने पोलियो विरुद्ध लगाइन्छ । खोप लाउन छुटेका १२ महिना देखि २३ महिना भएका बालबालिका तिन डोज २ थोपा ४ हप्ताको अन्तरलमा र २४ - ५९ महिना भएका बालबालिका तिन डोज २ थोपा ४ हप्ताको अन्तरलमा पनि लगाउन पनि मिल्छ ।

एफ आ पी भी खोप०.१ ml  दुइ डोज ६ र १४ हप्ताको अन्तरालमा बाया पाखुराको माथिलो भागमा छाला भित्र पोलियो भाइरसबाट हुने पोलियो विरुद्ध लगाइन्छ । खोप लाउन छुटेका १२ महिना देखि २३ महिना भएका बालबालिकालाइ  दुइ डोज ८ हप्ताको अन्तरलमा ०.१ ml  र २४ - ५९ महिनामा भएका बालबालिकालाइ दुइ डोज ८ हप्ताको अन्तरलमा ०.१ ml  सम्म  लगाउन मिल्छ ।

पी सी भी खोप,०.५ ml तिन डोज ६ र १० हप्ता र ९ महिनामा दाया तिघ्रा बीच भाग मासुमा निमुनिया (न्यूमोकोकल) विरुद्ध लगाइन्छ । खोप लाउन छुटेका १२ महिना देखि २३ महिना भएका बालबालिकालाइ दुइ डोज ८ हप्ताको अन्तरलमा ०.५  ml  र २४ - ५९ महिनामा भएका बालबालिकालाइ दुइ डोज ८ हप्ताको अन्तरलमा ०.५ ml  सम्म  लगाउन मिल्छ ।

पेन्टाभ्यालेन्ट खोप०.५ ml तिन डोज ६,१० र १४ हप्ताको अन्तरालमा बाया तिघ्रा बीच बाहिरी भाग मासुमा भ्याकुते ,लहरे खोकी धनुस्तंकर र हेपेटाइटिसटा इप बि,  हेमोफिलुस इन्फुल्जा विरुद्ध लगाइन्छ । खोप लाउन छुटेका १२ महिना देखि २३ महिना भएका बालबालिकालाइ तिन डोज ४ हप्ताको अन्तरलमा ०.५  ml  र २४ - ५९ महिनामा भएका बालबालिका तिन डोज ४ हप्ताको अन्तरलमा र अन्तिम डोज कम्तिमा ६ महिनाको अन्तरलमा ०.५ ml  सम्म  लगाउन मिल्छ ।

जेई खोप १२ महिनामा ०.५ ml एक डोज दाया तिघ्राको माथिल्लो बाहिरी भाग छाला र मासु बीचमा जापानिज एन्सेफलाइटिस विरुद्ध लगाइन्छ । खोप लाउन छुटेका १२ महिना देखि २३ महिना भएका बालबालिकालाइ एक डोज ०.५ ml  र २४ - ५९ महिनामा भएका बालबालिका एक डोज ०.५ ml  सम्म  लगाउन मिल्छ ।  

दादुरा रुबेला खोप , ०.५ ml  दुइ डोज ९ र १२ महिनामा बाया पाखुराको माथिल्लो भाग छाला र मासु बीच दादुरा रुबेला विरुद्ध लगाइन्छ । खोप लाउन छुटेका १२ महिना देखि २३ महिना भएका बालबालिकालाइ दुइ डोज ४ हप्ताको अन्तरलमा ०.५ ml  र २४ - ५९ महिनामा भएका बालबालिकालाइ दुइ डोज ४ हप्ताको अन्तरलमा ०.५ ml  सम्म  लगाउन मिल्छ । 

Comments

Popular posts from this blog

Far-western Nepal Tour

Occupational Disease

Bajura district , Sudhur Pachim Pradesh , Nepal