स्वास्थ्य बिमा कार्यक्रम-लेखक(बिनम राज श्रेष्ठ)

पारिचय

नेपाल सरकारले स्वास्थ्य बिमा कार्यक्रम २०११ /२०१२ मा fund गरेको थियो र पोलिसी २०१४ मा बनेको थियो। सामाजिक सुरक्षा बिकाश समिति २०१५ मा बनेको थियो। chairperson स्वास्थ्य को सचिब हो र स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य सेवा बिभाग र अन्य expert हरु यसको सदस्य हुन्छन। स्वास्थ्य बिमा कार्यक्रम आर्थिक वर्ष २०७२/७३ बाट कैलाली ,बाग्लुंग र इलाममा सुरुवात गरेको थियो। २०७४ मा स्वास्थ्य बिमा पोलिसीको परिमर्जित भएको थियो  भन्ने २०७५ मा लागु भएको थियो। आ ब ०७६/०७७ को माघ सम्ममा ५० जिल्लामा सेवा दिएको छ।

उदेश्य

१. नेपालको स्वास्थ्य अवस्थाको सुधार गर्ने ।

२. गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच पुराउने ।

३. आफ्नो खल्तीबाट पैसा नतिर्नु पर्ने गरि सेवा दिने।

रणनीतिक लक्ष्य

१. चेतनामुलक कार्यक्रम मार्फत समुदायका समूहहरुलाई सक्रिय सहभागीता गराउँने। 

२. गरिव तथा न्यून आए भएका वर्गलाई विशेष संरक्षण गर्ने।

३. सार्वजनिक तथा निजी स्वास्थ्य सेवा प्रदायक संस्थाहरुसंग सहकार्य गर्दै स्वास्थ्य बीमा नीतिलाई क्रमशः विस्तार गरी देशव्यापी रुपमा स्वास्थ्य बीमा कार्यक्रम संचालन गर्ने ।

कार्यक्रमबाट पाइने सुबिधा समन्धी व्यवस्था

.  अति गरिब ,अति असक्त अपांगता , एच.आइ.भी. संक्रमित ,म.डी.आर.टि.बि. कुस्ट रोगिहरुका परिवारलाई १०० प्रतिसत छुट गर्ने ।

. ७० बर्ष उमेर पुगेका जेष्ठ नागरिकलाई १०० प्रतिसत छुट तथा १ लाख सम्म औसधि उपचार बिमा सरकारले गर्छ ।  

३. माहिला स्वास्थ्य सेविकाको परिवारलाई ५० % छुट।

४. एउटा परिवारको पाच जना सदस्य छ भने वर्षमा रु. ३५०० तिनु पर्छ  र पाच बन्दा बढीले प्रति ब्यक्ति रु. ७०० को दर् ले तिनु पर्छ। पाच जना सदस्य भएको परिवारले १ लाख सम्म पाउने गर्छ  भन्ने पाच जना बढी सदस्य भएको परिवारले २ लाख सम्म पाउने गर्छन।

बिमितले स्वास्थ्य सेवा लिने प्रक्रिया

१. सेवा लिन जादा बिमितको परिचय लैजानु पर्ने  र बर्षमा एक चोटि नबिकरण गर्नु पर्ने ।

२. उपचार नभएमा वा चिकित्सकले रेफर गरेको माथिल्लो अस्पताहरुबाट सेवा लिन सकिन छ।

सम्पर्क नम्बर १६६०-०१-११२२४

source : www.hip.gov.np 

Comments

Popular posts from this blog

Far-western Nepal Tour

Bajura district , Sudhur Pachim Pradesh , Nepal